Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-२९ कालिकास्थानबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij