काठमाडौँ : हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
शनिबार देशभर आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात तथा मधेस प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij