Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

एनपीएल : दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ।

अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो। यता, चितवनले भने हिजो भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट