Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ

काठमाडौँ  : विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ५९ जना पक्राउ परेका छन् । काभ्रे, सिराहा, बारा लगायतका जिल्लाबाट ५९ जना पक्राउ परेका हुन् । काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने ४० वर्षीय सुरेशकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै, सिराहाको लहान नगरपालिका–७ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय नीरज गुप्तासहित ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय ५५ रुपैयाँ, २ हजार ८ सय ८० भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

उता, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ कटा टोलस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय उपेन्द्रप्रसाद साह सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको उनीहरूलाई शुक्रबार राति नगद ७६ हजार ३ सय ९० रुपैयाँ र ८ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, प्युठानको प्युठान नगरपालिका–२ जुम्रीबाट जुवातास खेलिरहेको अवस्थामा प्युठान नगरपालिका–४ बिजुवार बस्ने ५५ वर्षीय डिलबहादुर सुनारसहित १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार दिउँसो नगद १ लाख ४० हजार र ४ बुक ताससहित पक्राउ गरेको हो ।

उता, कपिलवस्तुको वाणगंगा नगरपालिका–६ वनकसियाबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ३३ वर्षीय जीवन विश्वकर्मा समेत ११ जना पक्राउ परेका छन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २० हजार १ सय ९० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने ४३ वर्षीय कुलबहादुर सुनारसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले शुक्रबार राति उनीहरूलाई नगद १ लाख ५ हजार ६ सय ७० रुपैयाँ, २८ बुक तास र लंगुर बुर्जा ६ थान सहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट