Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

परासी :कर्तव्य ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदारलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा बस्ने ५७ वर्षीय वीरेन्द्र गुप्ता रहेका छन्। नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते कर्तव्य ज्यान मुद्दामा गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजायको फैसला सुनाएको थियो।

फैसलापछि कैद सजाय भुक्तान नगरी फरार रहँदै आएका उनलाई इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएकामा अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट