विराटनगर : दुई सोझा युवतीहरूलाई प्रलोभन देखाएर बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेका विराटनगरका एक होटल सञ्चालक परवेज महमद आलम कारागार चलान भएका छन् ।
आलम पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
मोरङ अदालतका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले आलमलाई मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशपछि उनलाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का प्रतिवादी रामविलास महतो भने फरार छन् । सरकारी वकिलको कार्यालयले उनलाई फरार प्रतिवादी कायम गर्दै मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा अभियोगपत्र दर्ता गरेको छ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij