Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

राप्तीमा ६ महिनाअघि मरेको आशंका गरिएको गैंडाको अस्थिपञ्जर फेला

राप्तीमा ६ महिनाअघि मरेको आशंका गरिएको गैंडाको अस्थिपञ्जर फेला

चितवन : चितवनको राप्ती नगरपालिका–१ स्थित ब्रह्मस्थानी मध्यवर्ती सामुदायिक वनमा गैंडाको अस्थिपञ्जर फेला परेको छ।

मंगलबार बिहान घाँस काट्न गएका स्थानीयले वन क्षेत्रमा गैंडाको कुहिएर अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए। प्रारम्भिक अनुमानअनुसार उक्त गैंडा करिब ६ महिनाअघि नै मरेको हुन सक्ने बताइएको छ।

अस्थिपञ्जर फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी सामुदायिक वन कार्यालय परिसरमा गाडिएको जनाइएको छ।

गैंडाको मृत्युको कारण, मृत्यु भएको समय तथा घटनाको अन्य विवरणबारे थप अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

संरक्षित वन्यजन्तु गैंडाको अस्थिपञ्जर लामो समयपछि फेला परेपछि घटनाबारे थप चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट