चितवन : मनकामना केबलकार सेवा तिहारका दुई दिन बन्द रहने भएको छ ।
मनकामना केबलकारले सार्वजनिक गरेको सूचनाअनुसार गोवर्द्धन पूजा (म्हः पूजा) का दिन नोभेम्बर १० अर्थात् कात्तिक २४ गते र भाइटीका (किजा पूजा) का दिन नोभेम्बर ११ अर्थात् कात्तिक २५ गते केबलकार सेवा बन्द रहनेछ ।
नियमित सेवा नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
मनकामना केबलकारले तिहारको अवसरमा सेवाग्राही तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।