काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij