बारा : बाराकाे फेटा स्वास्थ्य चौकी घटना प्रकरणपछि थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारी निकालिएका छन् ।स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि इन्स्पेक्टरसहित थुनिएका करिब ३८ कर्मचारीको झन्डै दुई घण्टापछि स्वास्थ्य चौकीको मेन बिल्डिङबाट सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान घटना भइसकेपछि त्यहाँ स्वास्थ्य चौकीको मुख्य भवनमा इन्स्पेक्टरसहित केही निजामती कर्मचारी पनि थिए, अवस्था बिग्रेपछि सबैजना त्यही घेरिएका थिए ।
साढे १० बजेदेखि थुनिएका सरकारी कर्मचारीलाई झन्डै २ घण्टापछि सकुशल निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।शनिबार बिहान फेटा गाउँपालिकाको वडा नम्बर ३ मा आधारभूत अस्पताल उद्घाटन गर्न खोज्दा गाउँपालिका प्रमुख रुस्तम अन्सारी र उनको विपक्षी समूहबिच विवाद भएको थियो ।
विवादले उग्ररुप लिएपछि प्रहरीले नियन्त्रणमा लिनका लागि गोली चलाएको जानकारी दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij