Logo

Oct 31 2026 | २०८३, कार्तिक १५गते

डोल्पा कारागारबाट ८ जना कैदी फरार

डोल्पा कारागारबाट ८ जना कैदी फरार

डोल्पा : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ ।

घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ । ‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ । तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’, स्रोतले भन्यो ।

घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट