Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो, श्रीमतीको अवस्था गम्भीर

सडक दुर्घटनामा प्रहरी जवानको ज्यान गयो, श्रीमतीको अवस्था गम्भीर

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्का घाइते भएका थिए।दुवै घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो। अस्पतालमा उपचारका क्रममा बिहीबार राति ८ः१० बजे चिकित्सकले सुभाष चौधरीलाई मृत घोषणा गरेका थिए। उनकी श्रीमती निशा खड्काको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृतक चौधरी बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट