Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

गण्डकी–इच्छाकामना जोड्ने १५२ मिटर लामो पक्की पुल निर्माण सुरु

गण्डकी–इच्छाकामना जोड्ने १५२ मिटर लामो पक्की पुल निर्माण सुरु

गोरखा : गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने मोटरेबल पक्की पुल निर्माण कार्य सुरु भएको छ । बिहीबार करिब १५२ मिटर लामो पुलको विधिवत् पूजाआजा गरी निर्माण कार्यको शुभारम्भ गरिएको हो । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’, गोरखा सडक आयोजनाका प्रतिनिधि तथा निर्माण कम्पनी जलप कन्स्ट्रक्सनका प्रतिनिधिहरूको उपस्थितिमा पुल निर्माण कार्यको थालनी गरिएको हो ।

पुल निर्माण सम्पन्न भएपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामनाबीच आवतजावत सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवनयापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ । विशेषगरी गण्डकी गाउँपालिकामा उत्पादित कृषिजन्य उपजलाई बजारसम्म पुर्‍याउन, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न, बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थासम्म पुग्न र स्थानीय बासिन्दालाई दैनिक आवतजावत गर्न पुलले महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ । त्यसैगरी पुल निर्माणले दुई जिल्लाका स्थानीय बासिन्दाबीचको सम्पर्क र सम्बन्ध विस्तार हुनुका साथै व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट