Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु

अमेरिकामा दुई हेलिकोप्टर आकाशमै ठोक्किँदा तीन जनाको मृत्यु

ओरेगन : अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।सिएनएनका अनुसार, बिहीबार दिउँसो स्थानीय समयअनुसार करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुई हेलिकोप्टर ठोक्किएका थिए। दुर्घटनापछि दुवै हेलिकोप्टर नजिकैको एक निजी कृषि फार्मको खेतमा खसेका थिए। उक्त क्षेत्र ओरेगनको प्रमुख सहर पोर्टल्यान्डबाट करिब ४० माइल दक्षिणपश्चिममा पर्छ।दुर्घटनामा मृत्यु हुनेमध्ये एक हेलिकोप्टरमा सवार दुई जना छन्। उनीहरू टेक्सासकी २२ वर्षीया उडान प्रशिक्षक म्याडी आस्बो र बेलायतका एक प्रशिक्षार्थी पाइलट हुन्। प्रशिक्षार्थीको नाम परिवारलाई जानकारी नदिइएसम्म सार्वजनिक नगरिने प्रहरीले जनाएको छ।

अर्को हेलिकोप्टरका एक्ला चालक ३८ वर्षीय टायलर स्टर्डेभेन्टको पनि मृत्यु भएको छ। उनी ओरेगनको न्युवर्गका बासिन्दा थिए।अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) र संघीय उड्डयन प्रशासन (एफएए) ले दुर्घटनाबारे अनुसन्धान गरिरहेका छन्। दुर्घटनामा रोबिन्सन आर–२२ र एयरबस एएस–३५० हेलिकोप्टर संलग्न रहेको एनटीएसबीले जनाएको छ।तीमध्ये एउटा हेलिकोप्टर सञ्चालन गर्ने उडान प्रशिक्षण संस्था जेरी ट्रिम्बल हेलिकोप्टर्सले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट