Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

दसैँ सकिएलगत्तै सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ

दसैँ सकिएलगत्तै सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ७८ हजार ५०० रुपैयाँ

काठमाडौं : दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ ।महासंघका अनुसार गत असोज ३० गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो । आइतबार घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दसैँअघि प्रतिदश ग्राम सुनको मूल्य २ लाख ४८ हजार ७१५ रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ३९१ रुपैयाँ कायम भएको छ । दसैँअघि प्रतिदश ग्राम चाँदीको मूल्य ३ हजार ५५८ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट