काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
कुन सहकारीका कतिले पाए रकम फिर्ता ?
कृषि विकास सहकारी (४ जना)
गोरखा सहकारी (११ जना)
आईडियल यमुना सहकारी (६ जना)
कान्तिपुर सहकारी (८० जना)
नेपाल वित्तीय सहकारी (१२ जना)
ओरेन्टल सहकारी (३७ जना)
शिव शिखर सहकारी (६२ जना)
पशुपति सहकारी (४ जना)
तपाईँ हाम्रो सहकारी (१० जना)
स्ट्यान्डर्ड सेभिङ सहकारी (४ जना)
लालीगुराँस सहकारी (१३जना)
गौतमश्री सहकारी (१ जना)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij