Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भदौको करदाता प्रोत्साहन उपहार असोजमा घोषणा गरिने

भदौको करदाता प्रोत्साहन उपहार असोजमा घोषणा गरिने

काठमाडौँ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाको पुरस्कार घोषणा यही असोज १ गते गरिने जानकारी दिए।

करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो।

साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत यही भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपद् आएपछि स्थगन गरिएको थियो। 

महानिर्देशक भुसालले पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिनको एक जनाका दरले १५ जनालाई एक लाख ३३ हजार ३३४ रूपैयाँका दरले विजेता छनोट गरिने बताए।

भदौ १ देखि १५ सम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई रु १० लाख रूपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ।

त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४  पुरस्कारका लागि छनोट गरिने विभागले जनाएको छ।

भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जना रु १० लाख राशिको बम्पर विजेता छनोट हुनेछन्। असोज १ गते भदौ महिनाका रु एक लाख ३३ हजार ३३४ का ३१ जना विजेता र १०–१० लाखका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट