चितवन : नेपाल ह्याचरी उद्योग संघले बाढी तथा पहिरो प्रभावितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।संघका अध्यक्ष राजेन्द्र लामिछानेले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको जानकारी दिनुभयो।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लामिछानेले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालले बाढी तथा पहिरोबाट सर्वसाधारणसँगै पोल्ट्री व्यवसायमा समेत ठूलो क्षति पुगेको बताउनुभयो। उहाँका अनुसार बाढीले विभिन्न क्षेत्रमा रहेका पोल्ट्री फार्म तथा व्यवसायमा क्षति पु¥याउँदा व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
प्राकृतिक विपद्का समयमा प्रभावितको उद्धार तथा राहतका लागि राज्यलाई सहयोग पु¥याउनु निजी क्षेत्रको समेत सामाजिक दायित्व भएकाले संघले सहयोग गरेको बिसुरालले बताउनुभयो।
नेपाल ह्याचरी उद्योग संघले यसअघि पनि भूकम्पलगायतका प्राकृतिक विपद्का समयमा राहत तथा उद्धारका लागि सहयोग गर्दै आएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij