Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रास्वपाको बन्द सत्र आजदेखि, राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल

रास्वपाको बन्द सत्र आजदेखि, राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि छलफल

चितवन  : राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको आज दोस्रो दिन बिहान ८ः३० बजेदेखि चितवनमा बन्द सत्र सुरु हुनेछ। पार्टीका सभापति रवि लामिछानेले संचालन गर्ने बन्द सत्रका कार्यक्रममा चारवटा प्रतिवेदन पेश हुने कार्यतालिका रहेको छ।

पहिलो केन्द्रीय अनुशासन विभागबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्नेछन्। आर्थिक प्रतिवेदन बिहान ९ देखि साढे ९ बजेभित्र पेस हुनेछ। पार्टी केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीले प्रतिवेदन पेश गर्ने जनाइएको छ।

त्यस्तै बिहान ९ः३० बजेदेखि आधा घन्टा चिया ब्रेकको कार्यक्रम रहेको छ। चिया ब्रेक लगतै महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ । सो विषयमा बिहान १०ः४५ बजेसम्म छलफल हुने जनाइएको छ ।त्यस्तै बिहान १०ः४५ देखि ११ः४५ सम्मको समय विधानमाथि छलफल गरी पास गर्ने कार्यतालिका रहेको छ। विधानमाथि छलफल पछि बिहान ११ः४५ देखि १२ः४५ सम्मको समयको समयमा पार्टी सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गरेसँगै पार्टीको अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गरी आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट