Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

आरम्भ कलेज भरतपुरको उत्कृष्ट नतिजा, बिएचएम र बिआइटिएममा विद्यार्थी जिल्ला टपर

आरम्भ कलेज भरतपुरको उत्कृष्ट नतिजा, बिएचएम र बिआइटिएममा विद्यार्थी जिल्ला टपर

चितवन : भरतपुर–११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै चितवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले बिएचएम तथा बिआइटिएम चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।

बिएचएमतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । नेबिका मैनालीले ३.८३ जिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ वम्जम तामाङले ३.८० जिपिएसहित तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् । अङ्गिता अधिकारीले ३.८१ जिपिएसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ जिपिएसहित तेस्रो स्थान हासिल गरेका छन् ।

कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । कलेजका प्रिन्सिपल सुरज शिवाकोटी का अनुसार अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएका हुन् ।

कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । पछिल्लो नतिजाले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको र आगामी दिनमा अझै उत्कृष्ट नतिजा ल्याउने लक्ष्य रहेको कलेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट