Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

फेरि चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा दिल पुन

चितवन : चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतमा पुन: दिलबहादुर पुन आउने भएका छन् । प्रमुख संरक्षण अधिकृत रहेका डा.गणेश पन्तलाई मन्त्रालयले विभागमा सरुवा गरेपछि पुनलाई प्रमुख संरक्षण अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा १५ महिना काम गरेका पुन यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर काम गरेका थिए । निकुञ्जका प्रमुख रहेका डा. पन्तले निकुञ्जको आसपासका अतिक्रमित क्षेत्रको बस्ती खाली गराउन सार्वजनिक सूचना जारी गरेका थिए । मन्त्रालयसँग समन्वय नगरेको आरोप उनीमाथि छ ।  उनलाई चितवन आएको दुई वर्ष पूरा नहुँदै मन्त्रालय तानिएपछि उनको स्थानमा पुन आउने भएका हुन् ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट