Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनमा २७७ विद्युत् ग्राहक कालोसूचीमा, एक करोडभन्दा बढी बक्यौता बाँकी

चितवनमा २७७ विद्युत् ग्राहक कालोसूचीमा, एक करोडभन्दा बढी बक्यौता बाँकी

चितवन : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा लामो समयसम्म विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ।

केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार ती ग्राहकबाट रु १ करोड ४ लाख १७ हजार ३८१ बक्यौता रकम असुल हुन बाँकी रहेको छ। लामो समयसम्म बक्यौता नतिरेपछि उनीहरूलाई कालोसूचीमा राख्दै कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।

बक्यौता असुलीलाई प्रभावकारी बनाउन यस आर्थिक वर्षमा १ हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटिएको केन्द्रले जनाएको छ। छ महिनासम्म पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको विष्टले बताए।

हाल केन्द्रअन्तर्गत ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट कुल रु ४९ करोड ४ लाख १० हजार ४३७ बक्यौता रकम उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ।

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्ने लगायतका काम नियमित रूपमा गर्दै आएको सूचना अधिकारी विष्टले बताए। उनले भने, ‘बक्यौता असुलीका लागि कर्मचारीहरू नियमित रूपमा सक्रिय छन्।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट