चितवन : गुरुकुल कलेजले एसईई दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै “SEE FUTSAL CUP 2083” प्रतियोगिताको आयोजना गर्ने भएको छ। पढाइसँगै अतिरिक्त क्रियाकलापलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता कलेज परिसरमै निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको फुटसल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा यस वर्ष SEE दिएका विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन् भने चितवनसहित अन्य जिल्लाबाट SEE दिएर बसेका विद्यार्थीहरूले पनि सहभागिता जनाउन सक्नेछन्। खेलहरू Eco-friendly futsal court मा सञ्चालन गरिनेछन् र खेलको निष्पक्षताका लागि अखिल नेपाल फुटबल संघ (ANFA) का आधिकारिक रेफ्रीहरू खटाइनेछन्।
गुरुकुल कलेजले स्थापनादेखि नै उत्कृष्ट शैक्षिक नतिजासँगै विद्यार्थीको प्रतिभा विकासमा जोड दिँदै आएको छ। यसअघि सञ्चालन गरिएका SEE Talent Hunt र Gurukul Fest जस्ता कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया पाएपछि यस वर्ष नयाँ रूपमा FUTSAL CUP आयोजना गरिएको कलेजले जनाएको छ।
कलेज प्रशासनका अनुसार आजका विद्यार्थीलाई अनुशासित, सक्रिय र आत्मविश्वासी बनाउन अतिरिक्त क्रियाकलाप आवश्यक रहेको ठहर गर्दै यस्ता विद्यार्थीमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको हो। खेलकुदमार्फत रमाइलो वातावरणमा सिकाइलाई अझ प्रभावकारी बनाउने विश्वास आयोजकको छ।
यसैबीच, कलेजले SEE दिएर बसेका सम्पूर्ण विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रम विवरण:
थप जानकारीका लागि गुरुकुल कलेजको आधिकारिक Facebook पेजमा अवलोकन गर्न अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij