काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गरेका छन्।
मौरिससको पोर्ट लुइसमा यही चैत २८ देखि आजसम्म आयोजित उक्त सम्मेलनमा भाग लिई साेमबार स्वदेश फर्कने क्रममा उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।
मन्त्री खनालले सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्य र साझा प्रयासको आवश्यकतामाथि जोड दिएको बताए । उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारका विषयलाई अन्तरराष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र सम्बन्ध विस्तारमा क्षेत्रीय सहकार्य र साझेदारी विकासका विषयलाई प्राथमिकताका साथ राख्नुपर्ने विषय औँल्याएको अवगत गराए।
भ्रमणका अवसरमा मन्त्री खनालले मित्रराष्ट्रहरू भारत, भुटान, बङ्गलादेश, सिङ्गापुर, मौरिसस र तान्जानियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे।
यसअघि सम्मेलनमा सम्बोधन गर्दै उनले नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेकाले यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै भूपरिवेष्टित राष्ट्रहरूलाई उच्च समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij