Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पूर्वराष्ट्रपति यादव: रास्वपाले पाएको दुई तिहाइ मतको सदुपयोग गर्नुपर्छ

पूर्वराष्ट्रपति यादव: रास्वपाले पाएको दुई तिहाइ मतको सदुपयोग गर्नुपर्छ

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको करिब दुई तिहाइ मतको सदुपयोग हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइ मतको सही उपयोग हुन नसकेको भन्दै अब भने रास्वपाले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन्।

उहाँले सबै राजनीतिक दलका दृष्टिकोण फरक हुने भएकाले अहिलेको परिवर्तनलाई आत्मसाथ गर्दै जनतादेशलाई स्वीकार गर्न सबैलाई जोड दिनुभयो। पूर्वराष्ट्रपति यादवले संसदमा प्रतिपक्षी नरहने भन्ने अभिव्यक्ति आफूले सुनेको भए पनि लोकतन्त्रमा प्रतिपक्षीको सम्मान गर्दै अघि बढ्न सकिनुपर्नेमा विशेष जोड दिनुभयो।

उहाँले मुलुक ठूलो बलिदानीबाट आएको र संविधान बनेको भन्दै, राजनीतिक दलले संविधानको परिधिभित्र रहेर आफ्नो क्रियाकलाप अघि बढाउनुपर्ने धारणा राख्नुभयो। यस क्रममा उहाँले लोकतन्त्र र जनताले दिएको अधिकारको सम्मान गर्न सबै दललाई आग्रह गर्नुभयो।

पूर्वराष्ट्रपति यादवको यो भनाइले हालको राजनीतिक परिस्थितिमा रास्वपाले पाएको जनादेशको सदुपयोग र लोकतन्त्रको अभ्यासलाई अझ स्पष्ट बनाउने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट