Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल वायु सेवा निगमले दुबईमा रोकिएका यात्रु उद्धार गर्न आज राति स्पेशल फ्लाइट सञ्चालन गर्ने

नेपाल वायु सेवा निगमले दुबईमा रोकिएका यात्रु उद्धार गर्न आज राति स्पेशल फ्लाइट सञ्चालन गर्ने

काठमाडौं: नेपाल वायु सेवा निगमले आज राति स्पेशल फ्लाइट मार्फत दुबईमा रोकिएका यात्रु उद्धार गर्ने जनाएको छ। निगमले मंगलबार सूचना जारी गर्दै आज राति ११ः१५ बजे काठमाडौँ–दुबई (आरए २२९) वाइडबडी विमानबाट दुबई पुगेका यात्रु उद्धार गरी स्वदेश फर्काउने जानकारी दिएको छ।

दुबईबाट काठमाडौँ फर्किने उडान आरए २३० बिहीबार बिहान ४ः१० बजे तय गरिएको छ। अमेरिका–इरान युद्धको कारण रोकिएका यात्रु उद्धारका लागि निगमले १२औँ दिनमा पहिलोपटक विशेष उडान भर्ने हो।

निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार, “पहिलो जो आउँछ, उसैलाई पहिलो सेवा” नीति अनुसार यात्रुलाई प्राथमिकतामा राखिएको छ। आज राति करिब २७०–२८० जना यात्रु दुबई पुग्नेछन्।

विशेष फ्लाइटको व्यवस्था मुख्यत: २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएका तर यात्रा गर्न असमर्थ भएका यात्रुको उद्धारका लागि गरिएको हो। निगमले सबै यात्रुलाई टिकट पुन: प्रमाणित गरी उडानमा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट