Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चैत १ मा हुनेछ लामिछानेकाे अभियोग संशोधन रिटको पूर्ण सुनुवाइ

चैत १ मा हुनेछ लामिछानेकाे अभियोग संशोधन रिटको पूर्ण सुनुवाइ

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनसम्बन्धी मुद्दाको रिट पूर्ण सुनुवाइका लागि सर्वोच्च अदालतमा पठाइएको छ।

यसअघि सोमबार हेर्न नसकिने रिटको सुनुवाइ आज बुधबार न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको हो। पूर्ण सुनुवाइ चैत १ गतेका लागि तय गरिएको छ।

लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोधको नियतले अभियोजन गरिएको दाबी गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

महान्यायाधिवक्ताको स्वीकृति दिएपछि यस निर्णयविरुद्ध युवराज पौडेल (सफल), अधिवक्ता आभास रेग्मी र वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। निवेदकले महान्यायाधिवक्ताको निर्णयलाई गैरकानुनी भन्दै रद्द गर्न अदालतसँग माग गरेका छन्।

अन्तिम फैसला नहुन्जेल महान्यायाधिवक्ताको निर्णय लागू नगर्न र अन्तरिम आदेश दिन अदालतसँग पनि अनुरोध गरिएको छ। यस मुद्दामा कास्की र रूपन्देही जिल्ला अदालतले निर्णय गर्न सकेका छैनन् र सर्वोच्च अदालतको आदेशपछि मात्रै निर्णय अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट