Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेकपाको भन्दा नयाँ विचार अरू कसै पार्टीको छैन : प्रचण्ड

नेकपाको भन्दा नयाँ विचार अरू कसै पार्टीको छैन : प्रचण्ड

काठमाडौं :  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्। 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले नयाँ हुनु केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेन्डा बोकेको हुनु भएको स्पष्ट पारे । उनले भने- 'विचारको हिसाबले भन्ने हो भने पनि यो पार्टीको भन्दा नयाँ विचार अरू कसैको पनि छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक पार्टी, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी। यो विचारभन्दा अर्को र नयाँ विचार कसैको पनि छैन। तर अहिले एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट । त्यो भाष्य के भने नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ ।'

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताए । दाहालकाअनुसार यो विचारभन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि छैन । अहिले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट