Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आधिकारिक उम्मेदवारविरुद्ध उठेकालाई नेकपाको कारबाही, सात नेता–कार्यकर्ता निष्काशित

आधिकारिक उम्मेदवारविरुद्ध उठेकालाई नेकपाको कारबाही, सात नेता–कार्यकर्ता निष्काशित

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा त्यस्ता उम्मेदवारलाई समर्थन गर्ने सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, साथै उनीहरूका प्रस्तावक, समर्थक र प्रचारक बनेकाहरूलाई कारबाही गरिएको जनाइएको छ।

विज्ञप्तिअनुसार सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई पार्टीबाट निष्काशन गरिएको हो।

पार्टीले आगामी दिनमा पनि संगठनात्मक अनुशासन उल्लंघन गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट