Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन

विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन


विराटनगर : मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गरेका हुन् । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने बताए । उनले भने– ‘निर्वाचन बिना देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन ।’ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको माहौल बनिसकेको अर्यालले बताए । उनले भने– ‘निर्वाचन गराउन सरकार दृढ भएर लागेको छ ।’ 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की आसन्न निर्वाचन सम्पन्न गर्न अझै केही बाधा र अड्चन भएता पनि तोकिएको मितिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए । गोष्ठीमा कोशी प्रदेशका १४ वटा जिल्लाका सुरक्षा प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।

गोष्ठीमा जिल्ला सुरक्षा समितिका अधिकारीहरूले आ–आफ्ना जिल्लाको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा देखिन सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरेर आवश्यक रणनीति तय गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट