जेठ १५ गते तनहुँ : तनहुँ जिल्लाको देवघाट गाउँपालिका-५ ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
स्थानीय ११ वर्षिया सृष्टि गुरुङ त्रिशूली नदीमा पौडी खेल्ने क्रममा जेठ १५ गते साँझ ६ बजे डुबेर बेपत्ता भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।बेपत्ता बालिकाको खोजीमा लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको टोली शुक्रबार बिहान ११ बजेदेखि परिचालन भएको डीएसपी थापाले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij