Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य

‘१२ गाउँ २’को गीत ‘लालीगुराँस’मा समीर र कृशुको नृत्य

 

काठमाडौँ :  चलचित्र ‘१२ गाउँ २’ को ‘लालीगुराँस’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा शिव परियार र सारोही कुमारको स्वर छ । गीतमा शब्द र संगीत युग भुसाल दिएका छन् ।

प्रेमिल गीतले प्रकृतिलाई बिम्ब बनाए एक अर्काप्रतिको समर्पण प्रस्तुत गरेको छ । युवक र युवतीले एक अर्कालाई चाहेपछिको समर्पण गीतमा समेटिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य छ । कोरियोग्राफी रामजी लामिछानेको छ । बिराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ असोज ३० गते फूलपातीका दिनबाट प्रदर्शनमा आउँदैछ ।समीर र कृशुसहित फिल्ममा निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्मबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन् । बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको फिल्मको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् ।  युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व रहेकाे फिल्मकाे वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij