Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद

सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद

सिराहा :  सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले सीमा क्षेत्रको विभिन्न स्थानबाट  १५ लाख बढीको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बुझाएको छ। 

किराना सामान, कपडा, मदिरा तथा पेय पदार्थ र दुई थान मोटरसाइकलसहित रु १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू शुक्रवार बरामद गरी सिराहा भन्सार कार्यालयमा बुझाएको हो।  

गस्तीको क्रममा नेपाल भारत सीमा क्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरको मोटरसाइकल सहितको उक्त सामाग्री रितपूर्वक बरामद गरी आवश्यक कार्वाहकीको लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वटर सिरहाका सूचना अधिकारी सीयाराम चौधरीले जानकारी दिए।कपडा तथा किराना सामानहरू भारतबाट नेपाल तर्फ अवैध रूपमा आउने र मदिरा भारत तर्फ जाने गर्दछ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले गत असार महिनामा मात्र एक करोड ५६ लाख मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट