Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना

पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना

काठमाडौँ  : भारतको उत्तर प्रदेशमा एउटा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त हुँदा एक विमान चालक घाइते भएकी छन् । सोमबार दिउँसो उत्तर प्रदेशको कासगंजमा प्रशिक्षार्थी विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विमान चालक मुम्बई निवासी २७ वर्षीया कैनत खान घाइते भएकी छन् ।  विमान प्रशिक्षणका क्रममा दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 


प्रशिक्षणका क्रममा विमान जमिनबाट करिब ५० फिट माथि रहेको र सन्तुलन गुमाएर राजमार्गमा दुर्घटना भएको बताइएको छ । विमान दुर्घटना भए लगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेर घाइते विमान चालकको उद्धार गरेका थिए । क्षेत्रलाई घेराबन्दी गरिएको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ। 


उक्त विमान अलिगढस्थित चेतक हवाई कम्पनीको रहेको बताइएको छ । जुन कम्पनी नागरिक उड्डयन महानिर्देशनालय द्वारा मान्यता प्राप्त उडान प्रशिक्षण प्रतिष्ठान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सो कम्पनीका  पाइलटहरूले सेस्ना १७२ र सेस्ना १५२ जस्ता विमानहरूमार्फत प्रशिक्षण लिने गरेका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार, विमान आकाशमा उडिरहेको बेला अचानक सन्तुलन गुमाएको र बिजुलीका तारहरूमा ठोक्किएर राजमार्ग छेउमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट