Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

काठमाडौँ : भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन्। विवाहको समयमा महिलाहरूले खेल्ने रत्यौलीलाई भिडियोमा रमाइलो पारामा प्रस्तुत गरिएको छ। भिडियोमा दीपाश्री पुरुषको भेषभूषामा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा छिन्। उनीहरूबीचको रमाइलो भिडियोमा हेर्न सकिन्छ।

यस गीतलाई रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका हुन् भने शब्द रचना हर्क साउदको रहेको छ। पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको यस गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्। गीतको भाका र यसका शब्दहरू निकै सुन्दर छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

अभिनेत्री नीता ढुङ्गानाककै कथा तथा निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं रहेकी छन्। नीताका साथमा फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको डीओपी रहेको छ!

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजररट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट