Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अपरिपक्वताको आरोप व्यवहारबाट चिर्छु' : रवि लामिछाने

अपरिपक्वताको आरोप व्यवहारबाट चिर्छु' : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले अबका दिनमा आफूलाई अपरिपक्व बन्ने वा गल्ती गर्ने कुनै छुट नभएको बताएका छन्। चितवनमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएपछि आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले पार्टीप्रति राखेको आशा र भरोसालाई जोगाउन विगतभन्दा अझ बढी मेहनत गर्नुपर्ने चुनौती रहेको बताए।

संस्थापक सभापति हुनुको नाताले आफूमाथि थप जिम्मेवारी आएको उल्लेख गर्दै लामिछानेले विगतमा आफूमाथि लाग्ने गरेका अपरिपक्वताका आरोपलाई व्यवहारबाट चिर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीमाथि उठ्ने प्रश्न र आलोचनाबाट नभागी त्यसको रचनात्मक रूपमा सामना गर्ने नीति अपनाइने बताए।

रास्वपाको राजनीतिक गतिविधि, अभिव्यक्ति र भूमिकाबाट देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदाय कसैले पनि भयभित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले जनविश्वास कायम राख्न पार्टी प्रतिबद्ध रहेको जिकिर गरे। लोकतन्त्रका आधारभूत सिद्धान्त र राज्यका महत्वपूर्ण संस्थाहरूलाई कमजोर हुन नदिनुपर्नेमा जोड दिँदै उनले शक्ति पृथकीकरणको सिद्धान्तप्रति पार्टी दृढ रहेको स्पष्ट पारे। मतको बलमा विगतका शासकहरूले जस्तै गलत अभ्यास दोहोरिए त्यसले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेल्ने र सिंगो पुस्ताले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी पनि उनले दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट