चितवन : चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ।
पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका छन्। बन्द सत्रमा सहभागी हुन प्रतिनिधिहरु आउनेक्रम जारी रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij