Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बाँके   : १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँ बस्ने ३० वर्षीय शिवा थारू रहेका छन्। 

उनलाई शुक्रबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो। शिवाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उजुरीकै आधारमा उनलाई गाउँबाटै पक्राउ गरेको जनाएको छ। 

पक्राउ परेका थारूमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij