Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा सुटिङका क्रममा विराट भट्टले गरे ‘अन्नपूर्ण मोही’को प्रशंसा

चितवनमा सुटिङका क्रममा विराट भट्टले गरे ‘अन्नपूर्ण मोही’को प्रशंसा

भरतपुर : नेपाली चलचित्र क्षेत्रका चर्चित एक्सन स्टार विराट भट्ट ले चितवनमा छायांकन भइरहेको चलचित्र ‘१२ गाउँ २’ को सुटिङका क्रममा स्थानीय किसानले उत्पादन गरेको ‘अन्नपूर्ण मोही’ सेवन गर्दै यसको प्रशंसा गरेका छन्।

गर्मीका बीच सुटिङमा व्यस्त रहेका भट्टले प्यास मेटाउन अन्नपूर्ण दुग्ध उत्पादन सहकारीद्वारा उत्पादित मोही पिउँदै यसको स्वाद र स्वास्थ्य लाभको खुलेर सराहना गरेका हुन्। उनले किसानको मेहनत र परिश्रमबाट उत्पादन भएका स्वदेशी दुग्धजन्य पदार्थको प्रयोग तथा प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए। भट्टले मोही स्वास्थ्यका लागि लाभदायक पेय पदार्थ भएको उल्लेख गर्दै स्थानीय उत्पादनको प्रयोगले किसानलाई थप हौसला मिल्ने धारणा व्यक्त गरे। स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउन तथा बजार विस्तार गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

चितवनमा छायांकन भइरहेको चलचित्र ‘१२ गाउँ २’ को टोलीसँग रहेका भट्टको यो गतिविधिलाई स्थानीय उत्पादनको प्रवर्द्धन र किसानप्रतिको समर्थनका रूपमा हेरिएको छ। स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउन कलाकारहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उनले स्वदेशी वस्तुको प्रयोगलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए। अन्नपूर्ण दुग्ध उत्पादन सहकारीले उत्पादन गर्दै आएको ‘अन्नपूर्ण मोही’ पछिल्लो समय चितवनसहित आसपासका क्षेत्रमा लोकप्रिय बन्दै गएको छ। गुणस्तरीय दुग्धजन्य उत्पादनमार्फत किसानको आयवृद्धिमा योगदान पुर्‍याउँदै आएको सहकारीले स्थानीय उत्पादनको बजारीकरणमा समेत सक्रिय भूमिका निर्वाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट