Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा लगातार गिरावट, सुन तोलामा ८ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं : नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २०० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ८ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ। गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३३५ रुपैयाँले घट्दै ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार यसको मूल्य ५ हजार ३४५ रुपैयाँ थियो। बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको छ, जसका कारण सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट