Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भोलिदेखि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण ,कार्यतालिका सार्वजनिक

भोलिदेखि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण ,कार्यतालिका सार्वजनिक

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि ३ दिन भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणमा खनाल नयाँ दिल्ली जान लागेका हुन् । 
भ्रमणका क्रममा खनालले भारतीय विदेशमन्त्री जयशङ्कसँग द्विपक्षीय भेटवार्ता गर्ने छ ।  वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जालगायतका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भ्रमणलगत्तै खनालको भ्रमण हुन लागेको हो । मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल आउँदो आइतवार जेठ २४ गते स्वदेश फर्कनु हुने कार्यतालिका रहेको छ ।

अहिले भारत भ्रमणमा रहेका रास्वपाका सभापति लामिछाने भोलि स्वदेश फर्किने छन् ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट