Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अस्पतालको क्यान्टिनलाई १० हजार जरिवाना

अस्पतालको क्यान्टिनलाई १० हजार जरिवाना

पोखरा : पोखराको एक अस्पतालको क्यान्टिनलाई कास्की प्रशासनले जरिवाना गरेको छ। पोखरा १६ बाटुलेचौरस्थित मातृ शिशु मितेरी प्रादेशिक अस्पतालमा सञ्चालित क्यान्टिनलाई १० हजार रुपैयाँ जरिबाना गरिएको हो। 

अनुगमनका क्रममा क्यान्टिनले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भेटिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय सहितको संयुक्त टोलीले अनुगमन गरेको हो। उक्त क्यान्टिनमा पर्याप्त सरसफाइ नभएको, खरिद–बिक्रीको बिल वा विजक नभएको, व्यवसाय नवीकरण नगरिएको र मूल्य सूची समेत नराखेको पाइएको प्रशासनले जनाएको छ । जरिवानासँगै प्रशासनले उक्त चमेना गृहलाई सुधारका लागि ६ बुँदे निर्देशन दिएको छ।

अस्पताल प्रशासनसँग भएको सम्झौता अनुसारको मूल्य सूची अनिवार्य राख्नुपर्ने, व्यवसाय सम्बन्धी सम्पूर्ण कागजातहरू सबैले देख्ने गरी राख्नुपर्ने, नियमित रूपमा सरसफाइ गर्नुपर्ने, म्याद गुज्रेका सामग्रीहरू छुट्टाएर सुरक्षित रूपमा नष्ट गर्नुपर्ने निर्देशन प्रशासनले दिएको छ। यस्तै, खाद्य र अखाद्य वस्तुलाई छुट्टाछुट्टै राख्नुपर्ने र खरिद–बिक्रीको बिल पसलमै राख्नुपर्ने तथा अनुगमनका क्रममा मागेको समयमा उपलब्ध गराउनुपर्ने निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट