Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ओली भन्छन्–पार्टी सदस्यता नवीकरण कार्यशालाले पार्टीमा नयाँ उत्साह थप्नेछ

ओली भन्छन्–पार्टी सदस्यता नवीकरण कार्यशालाले पार्टीमा नयाँ उत्साह थप्नेछ

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् । आज बुधबारबाट काठमाडौँमा सुरु भएको सदस्यता नवीकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । 

अध्यक्ष ओलीले भेलामा सहभागीहरूलाई  पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरू चिर्ने र नयाँ विश्वास र नयाँ जोस र नयाँ जाँगरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।  

भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरू,पार्टीको सङ्गठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको सङ्गठन विभागले आयोजना गरेको कार्यशाला आज र भोलि सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट