Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा केही गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ । यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट