Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दुई राउण्ड गोली र लागुऔषधसहित एक युवक पक्राउ

दुई राउण्ड गोली र लागुऔषधसहित एक युवक पक्राउ

भक्तपुर  : भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले दुई राउण्ड गोली र लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार बेलुकी प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने २३ वर्षीय निरज खत्री रहेका छन् । सुन्दरबस्ती क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेका खत्रीलाई सोधपुछ तथा खानतलासी गर्ने क्रममा उनको साथबाट हतियार र प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ७.६२ एमएमको एसएलआरमा प्रयोग हुने २ राउण्ड गोली, २३० ट्याब्लेट ट्रामाडोल, विभिन्न कम्पनीका ६ थान मोबाइल र एक थान खुकुरी बरामद गरेको छ । यसका साथै उनको साथबाट नगद ८ सय ५० रुपैयाँ समेत बरामद गरिएको छ ।

खत्रीमाथि प्रहरी वृत्त जगातीले थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट