Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन प्रहरीद्वारा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने एक जना पक्राउ

चितवन प्रहरीद्वारा क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने एक जना पक्राउ

चितवन  :  चितवनको भरतपुरमा मोबाइल तथा विभिन्न विद्युतीय उपकरणको प्रयोग गरी अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषाको साविक संगामधुकरही गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० चित्रसेन टोलमा डेरा गरी बस्ने २९ वर्षीय पप्पु कुमार यादव रहेका छन् ।

यादवले आफ्नो डेरा कोठाबाट बिनान्स र बाइबिटनामका एप्लिकेसनहरू प्रयोग गरेर क्रिप्टोकरेन्सीको सञ्चय तथा कारोबार गरिरहेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय चितवनलाई प्राप्त भएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जेठ १५ गते साँझ साढे ६ बजेको समयमा उनलाई फेला पारेको हो ।

कानुन बमोजिम उनको शरीर तथा डेरा कोठा खानतलासी गर्दा प्रहरीले विभिन्न कम्पनीका १७ थान स्क्रिनटच मोबाइल फोन र ३ थान किप्याड मोबाइल फोनसहितका सामग्रीहरू फेला पारी बरामद गरेको छ । पक्राउ परेका यादवमाथि अभौतिक मुद्रा सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट