Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि‍‍‍‍....

प्रतिनिधिसभा बैठकमा आशिका तामाङ जंगिएपछि‍‍‍‍....

काठमाडौँ : आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाएकी हुन् । 

तामाङ आफ्नो सिटबाट उठेर अगाडी बढ्न थालेपछि उनलाई रास्वपाकै सांसदहरूले रोक्नुपरेको थियो । तामाङको आक्रोश नरोकिएपछि रास्वपा सांसदहरू ज्वाला संग्रौला, रञ्जु दर्शना रिमा विश्वकर्मा लगायत सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए । ती सांसदहरूले तामाङलाई बैठक कक्षबाहिर लगेर सम्झाईबुझाई गरेर झन्डै आधा घण्टापछि बैठकमा सहभागी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट