काठमाडौँ : नेपाली बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २० हजार ५ सय रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ सय ५ रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ५ सय ४० अमेरिकी डलर पुगेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। सुन र चाँदीको मूल्यमा आएको निरन्तर वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरिरहेको छ।