Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

टिपरको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

टिपरको ठक्करबाट सुर्खेतमा पैदलयात्रीको मृत्यु

सुर्खेत : सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका– २ का २३ वर्षीय कमल वली रहेको छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता दीपेन्द्र मगराठी अनुसार गएराति कालपानीस्थित भित्री सडक खण्डमाको भित्री सडक खण्डमा उक्त घटना घटेको हो। कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०६४७ नम्बरको टिपरले  पैदल वलीलाई ठक्कर दिएको थियो। 

दुर्घटनालगत्तै घाइते वलीलाई उनका बुबा दलबहादुर वलीले उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याए  । वलीको उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको मगराठीले बताए। उनकाअनुसार प्रहरीले टिपर र चालक वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ५२ वर्षीय मानबहादुर चौधरीलाई सत्तरीबाट नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij