रौतहट : महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलै मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७२४८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको ना२५प १०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–१ पौराइका २६ वर्षीय शेख गुलामको मृत्यु भएको हो ।
बस चालक मकवानपुरको गढी गाउँपालिका–३ का लक्ष्मीभक्त ओझा र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको र शेखको शवलाई चन्द्रनिगाहपुर अस्पतालमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij